दोलखा,जिल्लाका नौ स्थानीय तहले जाजरकोट र रुकुम पश्चिम जिल्लाको भुकम्प पिडितलाई आर्थिक सहयोग गर्ने भएका छन्। दोलखाका ९ वटा स्थानीयतहहरुले २० लाख सहयोग गर्ने भएका छन् ।दोलखाका स्थानीयतहले सोमबार जिल्ला समन्वय समितिको कार्यालयमा बसेको पालिका प्रमुखहरुको बैठकले सो निर्णय गरेर रकम संकलनको तयारी थालिएको बैठकमा सहभागी मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा थोकरले जानकारी दिए।
जिल्लाको भीमेश्वर र जिरी नगरपालिकाले तीन तीन लाख सहयोग गर्ने छन् । यस्तै मेलुङ, शैलुङ, कालिञ्चोक, वैतेश्वर , बिगु, तामाकोशी र गौरीशकर गाउँपालिकाले दुई दुई लाख गरी जम्मा २० लाख रुपैँया भुकम्प पिडितलाई सहयोग गर्ने निर्णय गरिएको हो ।
२०८० साल कात्तिक १७ गते राति ११ः४७ जाजरकोट र रुकुम पश्चिम जिल्लामा गएको भुकम्प गएको थियो । भुकम्पबाट दुई जिल्लामा गरी एक सय ५७ जनाको मृत्यु हुनुको साथै एक सय ६६ जना घाइते भएका थिए भने सयौं घर र दर्जनौं विद्यालय ध्वस्त बनाएको थियो।यता दोलखाको श्यामा निवासी नेपाली कांग्रेसका नेता जिपछिरीङ शेर्पाले पीडित लाई ११ लाख सहयोग गरेका छन् ।