काठमाडौं । नेपाल पर्वतारोहण संघले भूकम्पपीडितलाई ३१ लाख ११ हजार एक सय ११ सहयोग गर्ने निर्णय गरेको छ । संघको केन्द्रीय कार्यकारी बोर्ड बैठकले जाजरकोटमा गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावितलाई सहयोग पु¥याउने उद्देश्यले सो सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।
संघको आन्तरिक स्रोतबाट उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय भएको संघका महासचिव मोहन लम्सालले जानकारी दिए । उनले प्रधानमन्त्रीलाई भेटेर सहयोग रकमको चेक हस्तान्तरण गरिने बताए । बैठकले नेपालमा भूकम्पपीडितलाई सहयोग जुटाउन विश्वभरका अल्पाइन क्लबहरूलाई आग्रह गर्ने पनि निर्णय गरेको छ ।