काठमाडौं । सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्लो दिन ११ दशमलव २२ अंकले उकालो लागेको बजार पसिुचक साताको चौंथो कारोबार दिन आज बुधबार पाँच दशमलव १७ अंकले उकालो लागेर १८ सय ६३ दशमलव ९४ बिन्दुमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि आज शुन्य दशमलव २१ अंकले उकालो लागेर तीन सय ५८ दशमलव ० बिन्दुमा चढेको छ ।
धितोपत्र बजारमा आज दुई सय ८८ वटा कम्पनीहरुको ३० हजार तीन सय ६४ पटक सेयर किनबेच भएको छ । जसबाट ३१ लाख ५७ हजार ६२ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम ७८ करोड २७ लाख ४३ हजार दुई सय ६४ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये बाणिज्य बैंक, फाईनान्स, जीवन बीमा, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ उपसमुहहरको सुचक उकालो लागेका छन् । बिकास बैंक, होटल तथा पर्यटन, निर्जीवन बीमा र लगानी उपसमुहको सुचक ओरालो लागेको छ भने सामुहिक लगानी कोष उपसमुहको सुचक स्थिर रहेको छ ।