काठमाडौं । बिहीबार नक्सालस्थित होटल होलिडे इन एक्सप्रेसको उद्घाटनका अवसरमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राज्यले निजी क्षेत्रलाई हेर्ने नीति बदल्नुपर्ने बताएका छन् ।

मन्त्री किरातीले राज्यको अर्थतन्त्र जटिल बन्दै गइरहेको बेला निजी क्षेत्रलाई लगानी गरेर रोजगार तथा आर्थिक समृद्धि हासिल गर्नुपर्नेमा जोड दिए । नेपाली श्रम र संस्कृतिसँगै प्रकृतिको समायोजन गरेर नेपालीपनको रोजगार सृजना गर्ने गरी निजी क्षेत्रले लगानी गर्नुपर्ने उनको भनाइ थियो ।