काठमाडौँ । नेपाल इन्भेस्टमेन्टमेगा बैंक लिमिटेडले एनआईएमबी ग्रिन फ्युचर सेभिङ अकाउन्टअन्तर्गत ‘एक खाता, एक बिरुवा’ अभियानद्वारा वृक्षारोपण कार्यक्रम सुरु गरेको छ । बैंकले प्रत्येक एनआईएमबी ग्रिन फ्युचर सेभिङ अकाउन्ट खाता खोल्ने ग्राहकको नाममा एक बिरुवा रोप्ने र त्यसको संरक्षण गर्ने बताएको छ । बैंकले लुम्बिनी वर्ल्ड पिस फोरमसँग सहकार्य गरी टोखा नगरपालिका वडा नम्बर २ मा पाँच सयवटा विरुवा रोपी यस अभियानको सुरुवात गरेको हो ।
वृक्षारोपण कार्यक्रममा बैंकका कर्मचारीहरू, लुम्बिनी वल्र्ड पिस फोरमका अध्यक्ष बासु गौतम, टोखा नगरपालिका वडा नम्बर २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, वडाका जनप्रतिनिधिहरू, महिला स्वयम्सेविकाहरू तथा सशस्त्र प्रहरी निरीक्षक सन्तोष केसी र उनका प्रहरी बलको उपस्थिति थियो ।
यस खाताको मुख्य उद्देश्य ग्राहकलाई भविष्यका लागि बचत गर्न प्रोत्साहित गर्नुका साथसाथै वातावरण संरक्षणमा पनि योगदान पु¥याउनु रहेको छ । पाँच सय रुपैयाँमा खोल्न सकिने यस खातामा ग्राहकले आकर्षक ब्याजदर, ग्रिन पिन कार्ड सुविधा, निःशुल्क चेक बुक, प्रथम वर्षका लागि निःशुल्क डेबिट कार्ड तथा मोबाइल बैंकिङ, निःशुल्क इन्टरनेट बैंकिङ सुविधा उपलब्ध गर्न सक्ने छन् । साथै, बैंकले ग्राहकलाई इको फ्रेन्डली लोनलाई प्राथमिकतामा राखी प्रोसेसिङमा २५ प्रतिशत छुट समेत दिने जनाएको छ ।