मुगु । प्रहरीले बिहीबार मुगु छायाँनाथ रारा नगरपालिका(६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गर्ने तयारी गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले एक जना मृतकका मामाको छोरा तथा अर्का छिमेकी गाउँको मानिस हत्या आरोपमा पक्राउ परेको जानकारी दिएका छन् ।
उनले घटनाको कारण, हत्याका आरोपीबारे विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बताए । यही कात्तिक ८ गते छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोरा ११ वर्षीय मनोज, आठ महिनाका छोरा रहर र आठ वर्षीया छोरी अप्सराको सामूहिक हत्या गरिएको थियो ।