काठमाडौं । शुक्रबार भक्तपुरको गठ्ठाघरमा चितुवा फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । डिभिजन वन कार्यालयको टोलीले चितुवालाई नियन्त्रणमा लिइसकेको छ । चितुवाको आक्रमणबाट घाइते भएका दुई जनाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।