काठमाडौं । नापी कार्यालयमा कार्यरत सर्वेक्षक देवनारायण ठाकुरसहित तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । उनीहरुले ७० हजार रुपियाँ र ५५ हजार रुपियाँको चेकसहित घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका प्रवक्ता भोला दाहालले जानकारी दिए ि उनीहरुको आपसी मिलेमतो र योजनामा जग्गा कित्ताकाट गरी बाटो प्रमाणित गर्न गराउनको लागि सेवाग्राहीसँग सो रकम भ्रष्टाचार गरेको आरोप लागेको आयोगले जनाएको छ ।