काठमाडौं, जेठ १
विश्वव्यापी महामारीकोरूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को महामारी रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लकडाउनको बाबजुत पनि खुुलेको सेयर बजार दोस्रो कारोबार दिन पनि ऋणात्मक देखिएको छ । अघिल्लो दिन अर्थात् मंगलबार पनि दुुई प्रतिशतभन्दा तल बजार ओर्लिएपछि सर्किट ब्रेक लागेर बन्द भएको सेयर बजारमा बुुधबार पनि ओरालो लागेको छ ।
यसदिन कारोबार खुुलेको ३९ मिनेटमा नै बजार दुुई प्रतिशतले तल झरेपछि सर्किट ब्रेक लागेर पूरै दिनको कारोबार बन्द भएको छ । यसदिन सेयर बजार परिसूचक २४ दशमलव ५८ अंकले ओरालो लागेर १२ सय एक दशमलव ५७ कायम रहेको छ । ‘क’ वर्गका कम्पनीहरूको सेयर कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ३५ अंकले ओरालो लागेर दुुई सय ६० दशमलव ३२ अंकमा झरेको छ यसदिन ७४ कम्पनीहरूको दुुई सय ११ वटा कारोबारमा १० हजार पाँच सय २६ कित्ता सेयर खरिदबिक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिदबिक्री हुँदा कारोबार रकम ३६ लाख १३ हजार पाँच सय २३ रूपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा ११ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार ११ वटै समूहको सूचक ओरालो लागेपछि सेयर बजार पूरै रातो भएको छ । जसमध्ये वाणिज्य बैंक समूहको सूचक २५ दशमलव ६५ अंकले ओरालो लागेर एक हजार ४१ दशमलव ५० अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक पनि तीन दशमलव ३८ अंकले ओरालो लागेर १६ सय ८७ दशमलव ७३ अंकमा झरेको छ । जलविद्युुत् समूहको सूचक पनि १८ दशमलव तीन अंकले ओरालो लागेर आठ सय ९९ दशमलव ६७ अंकमा झरेकोमा उत्पादनमूलक समूहको सूचक पनि ३४ दशमलव ३२ अंकले ओरालो लागेर २३ सय ९० दशमलव ६४ अंकमा झरेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक ५७ दशमलव १७ अंकले ओरालो लागेर पाँच हजार एक सय ४२ दशमलव २५ अंकमा झरेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय २९ दशमलव ९७ अंकले ओरालो लागेर छ हजार पाँच सय नौ दशमलव ४५ अंकमा झरेको छ । यसबाहेक ट्रेडिङ, होटल, फाइनान्स, अन्य र लघुुवित्त समूहको सूचक पनि क्रमशः १२ दशमलव ६७, तीन दशमलव ३८, तीन दशमलव ६३, १८ दशमलव ७६ र २३ दशमलव ९६ अंकले ओरालो लागेका छन् ।
यसदिन कारोबार भएका समूह मध्ये सबैजसो समूहका कम्पनीहरूको सेयर मूल्य ओरालो लागेका छन् । जसमध्ये लक्ष्मी बैंकको सेयर मूल्य तीन रूपैयाँले घटेर एक सय ९४ रूपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको तारागाउँ रेजिडेन्सी होटलको प्रतिकित्ता सेयर मूल्य पनि तीन रूपैयाँले नै घटेर एक सय ९४ रूपैयाँमा किनबेच भएको छ । नागरिक लगानी कोष, स्टान्डर्ड चार्टर्ड बैंक, नेपाल टेलिकम आदिको सेयर मूल्य पनि आज घटेको छ ।
यसदिन बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा पहिलो स्थानमा परेको नेपाल टेलिकमको प्रतिकित्ता पाँच सय ८७ रूपैयाँ अन्तिम मूल्यमा आठ लाख ६२ हजार नौ सय ५० रूपैयाँको सेयर किनबेच भएको छ । यसैगरी नेपाल बैकको पनि प्रतिकित्ता तीन सय ३७ रूपैयाँ अन्तिम मूल्यमा तीन लाख ९८ हजार एक सय ९० रूपैयाँको कारोबार भएको छ । यसबाहेक नबिल बैंक, नागरिक लगानी कोष, प्रभुु बैंक आदिको पनि बढी रकम कारोबार भएको छ ।