भारत, जेठ १
भारतमा सवैभन्दा धेरै उत्तर प्रदेशमा तीन लाखभन्दा बढी नागरिक आएका छन् ।देशका विभिन्न ठाउँबाट २ सय ६८ वटा विषेश रेल सेवामार्फत उनीहरु उत्तर प्रदेश आएको वरिष्ठ एक अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । पीटीआईका अनुसार उनीहरुलाई होम क्वारेन्टाइनमा पठाउनुअघि स्वस्थ्य परीक्षण गरिएको र खाद्य पदार्थको प्याकेट पनि दिने गरिएको अतिरिक्त मुख्यसचिव आश्विन अवस्थीले बताए ।
कुल तीन लाख २६ हजार ४० जना मानिस आएको पनि उनले जानकारी दिए । उनीहरुमध्ये सबैभन्दा धेरै गोरखपुर आएका छन् । गोरखपुरका ४३ वटा रेलमा ४४ हजार ५ सय ७४ जना आएका छन् । उत्तर प्रदेशको लखनउ, जौनपुर, प्रयागराज, बरेलि, प्रतापगढ, गोन्डा, आग्रा, बालिया, रायबरेली, वाराणाशी, कानपुर लगायतका ठाउँमा जाने मानिस पनि विभिन्न ठाउँबाट फर्किएका छन् ।