काठमाडौं । बुधबार जम्मु(कश्मिरको डोडा भन्ने स्थानमा भएको बस दुर्घटनाहुँदा १७ जना घाइते भएका छन् भने ३९ जनाको मृत्यु भएको छ । घुम्तीमा बस नमोडिँदा करिब ३०० फिट तल खसेको सरकारी अधिकारीहरुले जानकारी गराएका छन् ।

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले प्रधानमन्त्री राहत कोषबाट मृतक परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरुलाई ५० हजार राहत रकम सहयोग गर्ने घोषणा गरेका छन् ।