काठमाडौं । छुट्टाछुट्टै स्थानमा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । दाङ, चितवन र रुपन्देहीमा गरी शुक्रबार चार जना व्यक्ति मृत अवस्थामा फेला परेका हुन् ।
दाङ, तुलसीपुर उपमहानगरपालिका–११ जसपुर घर भई सोही उपमहानगरपालिका–५ रानिजरुवा डेरा गरी बस्ने ४० वर्षीय कमल डाँगी आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
चितवन, भरतपुर महानगरपालिका–१२ घर भई सोही महानगरपालिका–९ धौलागिरी मार्ग डेरा गरी बस्ने ३५ वर्षीय सोराज मल्ल आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी, चितवन, भरतपुर महानगरपालिका–११ लामाटोलस्थित नवजागृती सामुदायिक वनको छेउमा हाल नाम, थर, नखुलेका अन्दाजी ५० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देही, बुटवल उपमहानगरपालिका–११ प्रगति नगरस्थित तिनाउ खोलाको छेउमा सोही ठाउँ डेरा गरी बस्ने स्याङजा कालिगण्डकी गाउँपालिका–१ कारिकोट घर भएकी ४६ वर्षीया ननिसरा थापा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । सबै घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।