काठमाडौँ । आइतबार रुकुम पूर्व पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका कामलाई प्राथमिकता दिएर सेवा गर्न कर्मचारीलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले सो जिल्लाका कार्यालय प्रमुखहरुसँगको भेटमा जनताको कामलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले कार्यालय प्रमुखहरुसँगको भेटमा जनताको काममा कुनै ढिलाइ नगर्न तथा सुशासनलाई विशेष ध्यान दिन निर्देशन दिएका छन् । सरकारले देशमा सुशासन, सामाजिक न्याय र सम्वृद्धिका लागि अघि बढेको जनाउँदै प्रधानमन्त्रीले त्यसमा साथ दिन आग्रह गरे । रुकुम पूर्वका विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार त्यहाँ पुगेका हुन् ।