काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा १९ लाख दुई हजार दुई सय २० रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड ५१ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २६ करोड ६४ लाख २४ हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिमा दुई अर्ब २२ करोड ५९ लाख दुई हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ६० करोड १० लाख ६५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड ६३ लाख ७६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव ५४ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने १४ लाख ८३ हजार रुपैयाँ रहेकोे संस्थाको स्प्रेडदर भने चार दशमलव ५० प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले दुई अर्ब १५ करोड ५८ लाख ४५ हजार रुपैैयाँ निक्षेप संकलन गरी पाँच अर्ब १४ करोड ११ लाख ६१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा छ करोड चार लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर छ दशमलव २१ प्रतिशत रहेको थियो ।