काठमाडौं । एनसेलको १८औँ वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएको ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजनाअन्तर्गत बम्पर पुरस्कार स्वरूप सात जना ग्राहकहरूले १–१ वटा स्कुटर जितेका छन् । एनसेल आजियाटा लिमिटेडले विजेता सातै जनालाई सात वटा सहरमा पुगेर स्कुटर हस्तान्तरण गरेको जनाएको छ ।
कास्कीका अशेष पालिखेलाई एनसेल सेन्टर पोखरामा एनसेलका ग्राहक सेवा प्रबन्धक ज्योति दाहालले बम्पर पुरस्कार हस्तान्तरण गरेपछि स्कुटर हस्तान्तरण कार्यक्रम सकिएको हो । यस्तै कम्पनीले काठमाडौंको नयाँ बानेश्वर, विराटनगर, जनकपुर, धनगढी, हेटौडा र भैरहवास्थित एनसेल सेन्टरमा बम्पर पुरस्कार विजेताहरूलाई स्कुटर हस्तान्तरण गरेको थियो । साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका लागि योग्य हुन ग्राहकहरूले सर्तअनुसार एनसेलको बारेमा नारा पठाउन अनुरोग गरेका थिए । यो योजना भदौ ३१ बाट सुरु भएर २८ दिनसम्म चलेको थियो ।