आर्थिक दैनिक
Search
Nepali EditionEnglish Edition (Coming Soon)
|Print Edition|Video|Share Market|Subscribe to Aarthik
गृहपृष्ठ
KoshiMadheshBagmatiGandakiLumbiniKarnaliSudurpashchim
ई-पेपर
आर्थिक दैनिक
मुख्य मेनु
गृहपृष्ठसमाचारई-पेपरसेयर बजारसम्पादकीयविचार
प्रदेश
समाचार विधा

© 2026 आर्थिक दैनिक.

गृहपृष्ठ
समाचार
प्रदेश
ई-पेपर
अन्य

Download the Aarthik
App

Download the app today to gain immediate access to our premium financial insights, live share market data, and economic updates!

Download App
०९:४१
FOREX PRICE
USD: Buy 151.71 | Sell 152.31
आर्थिक दैनिक
Edition|Print Edition|Video|Share Market
गृहपृष्ठबैंकिङकर्पोरेटऊर्जामनोरञ्जन

#All Stories

Police cars
मनोरञ्जन • १ हप्ता अघि

नेपालमा विद्युतीय गाडीको आयातमा उल्लेख्य वृद्धि

बजेट भाषणपछि विद्युतीय गाडीको बजारमा नयाँ लहर। यस घटनाले बजारमा नयाँ तरंग पैदा गरेको छ र सरोकारवालाहरूले...

Stock chart
बैंक तथा वित्तीय • ३ दिन अघि

नयाँ मौद्रिक नीति सार्वजनिक, सेयर बजार र घरजग्गामा उत्साह

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेसँगै आर्थिक क्षेत्र चलायमान हुने...

Home
Story
Explore
फिलिपिन्सका आँधीबाट डेढलाख मानिस प्रभावित

फिलिपिन्सका आँधीबाट डेढलाख मानिस प्रभावित

मनिला,  जेठ २ फिलिपिन्सको पूर्वी सामार प्रान्तमा समुद्री आँधीबाट डेढलाख भन्दा बढी मानिस प्रभावित भएका छन् । कोरोनाभाइरसको महामारीका बीच उद्धार र राहतमा निकै जटिलता देखिए पनि आँधी केही मत्थर भएप...

आ
आर्थिक दैनिक
May 15, 2020 at 07:33 AM
फिलिपिन्सका आँधीबाट डेढलाख मानिस प्रभावित

मनिला, जेठ २

फिलिपिन्सको पूर्वी सामार प्रान्तमा समुद्री आँधीबाट डेढलाख भन्दा बढी मानिस प्रभावित भएका छन् । कोरोनाभाइरसको महामारीका बीच उद्धार र राहतमा निकै जटिलता देखिए पनि आँधी केही मत्थर भएपछि मानिसहरु शुक्रबार आआफ्ना घरगाउँबाट आश्रय शिविरमा आउन थालेका छन् । भोङफोङ नाम दिइएको उक्त समुद्री आँधीले बिहीबार पूर्वी सामार प्रान्तको तटीय इलाकामा व्यापक असर पारेको थियो । फिलिपिनी जल तथा मौसम विज्ञान विभागका अधिकारीहरुका अनुसार यो आँधी निकै घना बस्ती भएको उत्तरी लुजोन द्विपतर्फ बढेको छ । आँधीको उच्चतम वेग १२५ किलोमिटर प्रतिधण्टामा झरेको छ ।
शुरुमा यो आँधीको बेग १६५ किलोमिटर प्रतिघण्टा थियो । मौसम पूर्वानुमान विभागले यस आँधीको वेग केही कम भए पनि यसबाट तटीय इलाकाका गाउँघरमा ठूलै नोक्सान गर्ने जनाएको छ । यो आँधी आइतबार फिलिपिन्सको उत्तरी क्षेत्रमा पुग्ने अनुमान गरिएको छ । उत्तरपूर्वी बाइकोल क्षेत्रमा १ लाख ४५ हजारभन्दा बढी गाउँलेहरुलाई आपतकालीन अस्थायी शिविरहरु खासगरी विद्यालयहरुमा सारिएको छ । नागरिक उद्धार कार्यालयका निर्देशक क्लाउडियो युकोटले सामार प्रान्तका अरु हजारौं व्यक्तिलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना बनाइएको जानकारी दिनुभयो । विगतमा भन्दा यसपटकको उद्धार कार्य निकै जटिल बनेको छ ।
उद्धारकर्मी र स्वयंसेवीले मास्क र सुरक्षित सामग्री लगाउनु परेको छ । युकोटका अनुसार कोरोनाभाइरस रोगबाट सुरक्षित राख्न पनि ठूलो संख्यामा मानिसहरुलाई उद्धार गर्न कठिन भएको छ । बाइकोल क्षेत्रमा पनि दर्जनौं व्यक्ति कोरोनाभाइरसबाट संक्रमित भएका र चार जनाको मृत्यु समेत भएकाले यस पटकको उद्धार कार्य निकै जटिल बनेको युकोटको भनाइ छ । उहाँले उद्धार केन्द्रहरुको व्यवस्थापन पनि निकै चुनौतीपूर्ण बनेको बताउनुभयो । विगतमा एउटा उद्धार आश्रय स्थलमा ४० जनासम्म राख्न मिल्थ्यो, अहिले चार परिवार मात्र राख्न सकिने भएको छ । मनिला समेत मुलुकका विभिन्न शहरमा लकडाउन जारी रहेको छ, तर फिलिपिन्स सरकारले समुद्री विपदालाई विचार गरी केही प्रभावित क्षेत्रमा लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको छ । फिलिपिन्समा झण्डै १२ हजार मानिस कोरोना संक्रमित छन् भने ७९० जनाको मृत्यु भइसकेको छ । कोरोनाभाइरसबाट दक्षिणपूर्वी एसियाली मुलुकहरुमा फिलिपिन्स सबैभन्दा बढी प्रभावित छ ।(रासस–एपी)
Log in to add a comment
U
  1. Home
  2. फिलिपिन्सका आँधीबाट डेढलाख मानिस प्रभावित

धेरै पढिएका

‘ऊनको स्वीटर’ले उत्कृष्ट चलचित्रको सम्मान, नीर शाह र मिरूना मगरले प्रमुख पुरस्कार जिते

समाचार
आर्थिक दैनिक•२ हप्ता अघि
बजेटको मुखमा सुनसरी–मोरङ करिडोरमा डिजिटल बिलिङको बहस

बजेटको मुखमा सुनसरी–मोरङ करिडोरमा डिजिटल बिलिङको बहस

समाचार
आर्थिक दैनिक•१ महिना अघि
मस्कले मानेनन् चिनियाँ दाबी

मस्कले मानेनन् चिनियाँ दाबी

विश्व बजार
आर्थिक दैनिक•४ वर्ष अघि

कक्षा १२ मा ६४% विद्यार्थी ग्रेडेड, १७,७८६ ले ३.६१+ GPA हासिल

समाचार
आर्थिक दैनिक•२ हप्ता अघि
न्यायाधीशको कार्यसम्पादनमा प्रधानमन्त्रीको सफेद झुट

न्यायाधीशको कार्यसम्पादनमा प्रधानमन्त्रीको सफेद झुट

राजनिति
आर्थिक दैनिक•१ महिना अघि

युनाइटेड अजोड इन्स्योरेन्सले घोषणा गर्‍यो ४.२८% बोनस सेयर र ०.२२% नगद लाभांश

बीमा बजार
आर्थिक दैनिक•२ हप्ता अघि

प्रधानमन्त्री बलेन्द्र शाह रास्वपा महाधिवेशनमा उपस्थित

राजनिति
आर्थिक दैनिक•२ हप्ता अघि

प्रधानमंत्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाए

समाचार
आर्थिक दैनिक•२ हप्ता अघि

नेपालको चिया निर्यात अवरोध हटाउन कूटनीतिक कदम

समाचार
आर्थिक दैनिक•२ हप्ता अघि
पुन: नौं अंकले खुम्चियो शेयर बजार

पुन: नौं अंकले खुम्चियो शेयर बजार

शेयर बजार
आर्थिक दैनिक•१ महिना अघि