सोलुखुम्बु । पार्किङ गरी राखेको स्काईभेटरमा आगलागी हुँदा करिब एक करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । थुलुङ दुधकोशी गाउँपालिका–५ लिखु बस्ने प्रकाश राईको घर नजिक पार्किङ गरी राखेको हाल नम्बर नखुलेको स्काईभेटरमा गएराति आगलागी हुँदा स्काईभेटर पूर्णरूपमा जलेर करिब एक करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
प्रहरीका अनुसार प्रकाशले सानी कम्पनीको हारबोट कन्ट्रक्शन प्रालिको स्काईभेटर भाडामा लिई सोही गाउँपालिका–४ छिपिलीस्थित दुधकोशी २ जलेश्वर हाईड्रोपावर कम्पनीको बाटो ट्रयाक खन्दै गरेको र हाल ७/८ दिनदेखि प्रकाशको घर नजिक सडकमा पार्किङ गरी राखेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।