मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–६ शान्तिटोलमा ट्रकको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार ट्रकको ठक्करबाट ३८ वर्षीया निरा बजगाईंको मृत्यु भएको हो ।

द्रुत गतिमा हुइँकिएको ट्रकको ठक्करबाट उनको घटनास्थलमा नै मुत्यु भएको हो । राससले जनाएनुसार चालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको छ ।