रसुवा । करिब १४ लाख ९१ हजार ६ सय ८२ रुपैयाँ बराबरको १२ तोला ९१ लाल तौलको सुनजस्तो देखिने पहेंलो धातुसहित तीन जना पक्राउ परेका छन् । आइतबार साँझ प्रहरीले उनीहरुलाई गोसाईकुण्ड गाउँपालिका–२ रसुवागढीबाट पक्राउ गेरको हो ।
पक्राउ पर्नेहरूमा आमाछोदिङ्मो गाउँपालिका बस्ने ४४ वर्षीय सिने वाङ्दी तामाङ, १६ वर्षीया किशोरी र २३ वर्षीय लक्ष्मी तामाङ रहेका छन् । सोही ठाउँस्थित नेपाल–चीन सीमानाको रसुवागढी नाकामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा भन्सार कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले चीनबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई पाँच थान बेरूवा औंठीको रूपमा ल्याएको उक्त धातुसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।