काठमाडौं । नेपाल वेयर हाउजिङ कम्पनीले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ११ करोड ४१ लाख २५ हजार रुपैयाँ बराबरको ११ लाख ४१ हजार दुई सय ५० कित्ता साधारण सेयरको बिक्री आह्वान गरेको हो ।
कम्पनीले जारी पुँजी ६८ करोड ७५ लाख रुपैयाँको २० प्रतिशतका दरले हुने १३ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणको लागि छुट्याएको थियो । उक्त सेयरमध्येमा वैदेशिक रोजगारका रहेका, कम्पनीमा कार्यरत कर्मचारी र सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो । बिक्री प्रबन्धक हिमालयन क्यापिटलमार्फत यही मंसिर १० गतेबाट खुला हुने साधारण सेयरको बिक्री कार्य छिटोमा यही मंसिर १३ गते र ढिलोमा मंसिर २४ गते बन्द हुने कम्पनीले जानकारी दिएको छ ।