काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा पाँच लाख १० हजार एक सय ८२ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड २२ लाख ४६ हजार आठ सय ५५ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिमा एक अर्ब ७६ करोड ८८ लाख १७ हजार तीन सय ८१ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब २४ करोड ४४ लाख दुई हजार आठ सय २८ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड १९ लाख २२ हजार सात सय ७२ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको छ दशमलव ५६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा वितरणयोग्य नाफा ८९ लाख ३१ हजार छ सय ४९ रुपैयाँले ऋणात्मक रहेको संस्थाको स्प्रेडदर भने चार दशमलव १० प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ८० करोड ५७ लाख एक हजार एक सय ३२ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ३० करोड ९० लाख चार चार सय ५३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा सात करोड १४ लाख दुई हजार ४० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर तीन दशमलव ६८ प्रतिशत रहेको थियो ।