काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २८ लाख ८१ हजार एक सय ९१ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ६८ लाख ९२ हजार छ सय ९४ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार पाँच सय ३२ रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ४८ करोड ३३ लाख ३२ हजार ५१ रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब तीन करोड ४३ लाख १८ हजार दुई सय ६१ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुई करोड ८४ लाख २४ हजार पाँच सय ९५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ९३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा वितरणयोग्य नाफा ८० लाख ३१ हजार छ सय ६८ रुपैयाँ रहेको संस्थामा चार दशमलव ५० प्रतिशत स्प्रेडदर रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ५६ करोड ९६ लाख ९१ हजार दुई सय एक रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २७ करोड ५२ लाख ७५ हजार तीन सय १७ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड ५६ लाख ३४ हजार तीन सय ५९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर छ दशमलव ५३ प्रतिशत रहेको थियो ।