काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ११ करोड नौ लाख ८५ हजार नौ सय ७६ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा छ करोड ५२ लाख १३ हजार दुई सय ८४ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब पाँच करोड ५५ लाख ६३ हजार सात सय ३४ रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिमा आठ अर्ब ४२ करोड १७ लाख ९१ हजार एक सय १९ रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब १६ करोड १४ लाख ८० हजार तीन सय १५ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा २६ करोड ९५ लाख २३ हजार तीन सय २७ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव २५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा वितरणयोग्य नाफा ६० करोड ८८ लाख ६५ हजार आठ सय २३ रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने चार दशमलव १९ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले आठ अर्ब २१ करोड ३५ लाख ५६ हजार नौ सय ७१ रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ९६ करोड ५४ लाख ७७ हजार सात सय रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २९ करोड ५५ लाख ५१ हजार चार सय १८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा दुई दशमलव ६० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर तीन दशमलव ६४ प्रतिशत रहेको थियो ।