काठमाडौं । राजेन्द्र ढुङ्गाना र मधु कोइरालाको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । प्रतिवादी ढुङ्गाना र कोइरालालाई विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
गैरकानुनी रुपमा ढुंगाना र कोइरालाले सम्पत्ति आर्जन गरी चार करोड ६८ लाख ४८ हजार ५५६ रुपियाँ भ्रष्टाचार गरेको आरोप आयोगको छ । गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा आयोगको निर्णय अनुसार मङ्सिर ४ गते सोमबार सर्वोच्च अदालतमा पुनरावेदन गरिएको प्रवक्ता दाहालले जानकारी दिए ।