बेरुत । दक्षिणी लेबनानको टायर हार्फा गाउँमा इजरायली आक्रमणमा मंगलबार बिहान दुई जना पत्रकार र एक जना नागरिकको मृत्यु भएको छ । स्थानीय टिभी च्यानल अल–मायादीनका पत्रकारहरू दक्षिणी लेबनानमा समाचार संकलनका क्रममा रहेका बेला दुईवटा इजरायली ड्रोनले उनीहरूलाई ठक्कर दिएको र घटनास्थलमै मारिएको एलनाश्रा समाचार वेबसाइटले उल्लेख गरेको छ । नेसनल न्युज एजेन्सीले इजरायली आक्रमणमा अर्का एक जना नागरिक पनि मारिएको बताएको छ । रासस