काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाले खुद नोक्सानी व्यहोरेको छ । संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा चार करोड ७३ लाख ४१ हजार तीन सय २० रुपैयाँ खुद नोक्सानी व्यहोरेको हो । गत आवको सोही अवधिमा पनि संस्थाले ८५ लाख ७२ हजार नौ रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो ।
हाल चुक्ता पुँजी ७२ करोड १४ लाख ४९ हजार एक सय ४९ रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासिक अवधिमा एक अर्ब ४१ करोड ७३ लाख ४७ हजार सात सय ३१ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ५६ करोड ७४ लाख ९३ हजार नौ सय ५० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा पाँच करोड ७४ लाख २३ हजार सात सय १३ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा सात दशमलव २७ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने पाँच करोड ४१ लाख २१ हजार दुई सय ३० रुपैयाँले ऋणात्मक रहेको संस्थाको स्प्रेडदर भने चार दशमलव ७२ प्रतिशत रहेको छ ।