काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले यही मंसिर आठ गतेबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण सेयरको बिक्री आह्वान गरेको हो ।
कम्पनीका अनुसार जारी पुँजी ७० करोड रुपैयाँमध्येबाट २० प्रतिशतका दरले हुन आउने १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएकोमा सोमध्ये पाँच प्रतिशत अर्थात् ७० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि तीन प्रतिशत अर्थात् ४२ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि र १० प्रतिशत अर्थात् एक लाख ४० हजार कित्ता सेयर वैदेशिक रोजगारीको क्रममा रहेका नेपाली नागरिकहरूका लागि सुरक्षित गरी बाँकी रहेको ११ करोड ४८ लाख रुपैयाँ बराबरको ११ लाख ४८ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागिएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही मंसिर १२ गते र ढिलोमा यही मंसिर २२ गते बन्द हुनेछ ।