काठमाडौं, जेठ ४
बेष्ट फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा छ करोड छ लाख ६३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा सात करोड ७३ लाख १४ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ८२ करोड ८९ लाख १४ हजार रूपैयाँ रहेको फाइनान्सले चालू आवको तेस्रो त्रैमासिक अवधिमा दुुई अर्ब ४० करोड ७६ लाख रूपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८९ करोड ६५ लाख ७९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा १२ करोड ११ लाख १६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १३ दशमलव ३० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा फाइनान्सले दुई अर्ब २९ करोड २३ लाख ९९ हजार रूपैयाँ निक्षेप संंकलन गरी एक अर्ब ७६ करोड ३४ लाख ३२ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० करोड ७१ लाख ७७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा १६ दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।