काठमाडौँ । दुर्गा प्रसाई समर्थक र युवा संघबीच बल्खुमा झडप भएको छ । युवा संघका कार्यकर्ता कालिमाटीबाट बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो । प्रहरीले उनीहरुलाई माइकिङ गर्दै तपाईहरुको कार्यक्रम जहाँ हो त्यहि जानुहोला चोकमा नबस्नुहोला भनेको छ ।