काठमाडौं, जेठ ४ एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १३ करोड ३३ लाख ४१ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा चार करोड एक लाख ६६ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब नौ करोड ५९ लाख ३० हजार रूपैयाँ रहेको कम्पनीको प्रति सेयर आम्दानी १६ रूपैयाँ ३९ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ एक सय ४५ रूपैयाँ ९१ पैसा रहेको छ ।