काठमाडौं, जेठ ४
आँधीखोला लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड १७ लाख ८० हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही संस्थाको यस्तो नाफा एक करोड ११ लाख ९५ हजार रूपैयाँ रहेको थियो । चुक्ता पुँजी १० करोड रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा २७ करोड ९० लाख ९७ हजार रूपैयाँ निक्षेप संकलन गरी ७० करोड ९३ लाख ९४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा चार करोड ३० लाख ८४ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड छ लाख ७६ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ४४ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा संस्थाले १९ करोड ४० लाख ४० हजार रूपैयाँ निक्षेप संकलन गरी ६० करोड ९४ लाख ९६ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुर्ई करोड २७ लाख २७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम ७२ लाख ५१ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ८५ प्रतिशत रहेको थियो ।