दोलखा,जिल्लाको बैतेश्वर गाउँपालिका वडा नम्बर-५ मा मुख्य कार्यालय रहेकोे जनसचेत बचत तथा ऋण सहकारी संस्था नेपाल सरकारलाई सबैभन्दा बढी आन्तरिक राजस्व( कर दाखिला) गरेबापत सम्मानित भएको छ्। बिहिवार आन्तरिक राजस्व कार्यालय धुलिखेल अन्तर्गत करदाता सेवा कार्यालय चरिकोटले बार्हौ राष्ट्रिय कर दिवस २०८०को करसप्ताह कार्यक्रम सम्मान गर्दै साकोसलाई सम्मान गरेको हो।साकोसले आर्थिक वर्ष २०७८/०७९ मा करिब ८१ लाख रुपैयाँ नेपाल सरकारलाई राजस्व तिरेको संस्थाले जनाएको छ।
करदाता सेवा कार्यालय चरिकोटले मंसिर १ गतेदेखि सुरु गरेको कर सप्ताहको बिहीबार मैनापोखरी कर सम्बन्धि अन्तक्रिर्या कार्यक्रम आयोजना गरी जनसचेतन सहकारीका कोषाध्यक्ष भरत केसीलाई सम्मान पत्र प्रदान गरेको थियो। सम्मानपत्र करदाता सेवा कार्यालय चरिकोटकि कर अधिकृत सम्झना गौतमले हस्तान्तरण गरेकी थिईन। उद्योग वाणिज्य संघ मैनापोखरीको समन्वय आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा कर सम्बन्धि विभिन्न विषयमा उठेका जिज्ञासा्लाई कर अधिकृत गौतमले सहजीकरण गरेकी थिइन्।
स्वच्छ पारदर्शी र प्रविधिमैत्री सामाजिक न्याय आर्थिक समृद्धि र सुशासन भन्ने नाराका साथ देशभर मंसिर १ गतेदेखि ७ गतेसम्म कर सप्ताह आयोजना गरिएको उनले बताइन्। यस चालु वर्षको कात्तिक मसान्तसम्म करदाता सेवा कार्यालय दोलखाबाट ८ करोड ५४ लाख ७८ हजार ३ सय ९५ रुपैयाँ राजस्व संकलन भएको कर अधिकृत गौतमले बताइन्। यस आवको कात्तिक मसान्तसम्म बैंक भौचरबाट ४ करोड ९५ लाख ५७ हजार दाखिला भएको तथा ई पेमेन्टबाट ३ करोड ५९ लाख २१ हजार ३ सय ९२ रुपैयाँ दाखिला भएकाले कात्तिकसम्म ८ करोड ५४ लाख ७८ हजार ३ सय ९५ रुपैयाँ राजस्व संकलन भएको बताइन्।
करदाता सेवा कार्यालयले आयकर,पारिश्रमिक आयकर,पुँजीगत लाभ कर व्यक्तिगत,आयकर सरकारी प्रतिष्ठान,आयकर पब्लिक,आयकर प्रालि,सामाजिक सुरक्षा कर,बहाल कर,मुल्य मुअ कर,ब्याज कर लगायतका राजस्व शिर्षकबाट उक्त राजस्व संकलन गरेको हो।