त्रिभुवन विश्वविद्यालय परिसरभित्रै साढे ३ बर्षअघि उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने ६ जनालाई जिल्ला अदालत काठमाडौंले बिहीबार २ बर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश विनोद खतिवडाको इजलासले हरिप्रसाद आचार्य,योगेन्द्र रावल,रुपेश साह,रवीनकुमार लामा,सयुज श्रेष्ठ र नीरज रानामगरलाई ज्यान मार्न खोजेको आरोपमा दोषी ठहर गरेको हो ।
उनीहरुबाट उपचार खर्चबापतको २८ लाख १७ हजार रुपैयाँ क्षतिपूर्ति भराउनेसमत आदेश भएको अदालतले जनाएको छ । आरोपीत मध्ये दिपक कुमार ओझाले भने सफाइ पाएका छन् । उनीहरु मध्ये आचार्य र रावल कांग्रेसको भातृ संगठन नेविसंघका कार्यकता रहेका थिए । उनीहरुलाई जोगाउन कांग्रेसले निकै मिहेनत गरेपनि अन्तयमा अदालतले उनीहरुलाई सजाय दिएको छ । समाचार स्रोतका अनुसार उनीहरु मध्ये हरि आचार्य अमेरिका र नीरज रानामगर अस्टे«लिया पुगेको बुझिएको छ ।