काठमाडौं । डाबर नेपालले भूकम्प प्रभावितको राहतका लािग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाखको चेक हस्तान्तरण गरेको छ । प्रधानमन्त्री प्ुष्पकमल दाहाललाई कम्पनीका अध्यक्ष ईश्वरी राणा, व्यवसाय प्रमुख हरकिरत सिंह बेदी तथा वरिष्ठ अधिकारीहरूले चेक हस्तान्तरण गरेका थिए । साथै, कम्पनीले विनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरू प्रति दुख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।