सर्लाही । बसबरिया गाउँपालिका–५ बस्ने ७० वर्षीया विल्टी देवी यादवको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको छ । प्रहरीका अनुसार आफ्नै खेतमा घाँस काट्न गएको अवस्थामा एनसेलको टावरबाट उनकै नाती सरोज यादवले संचालन गरेको कालेबाबा इङ्लिस बोर्डिङ स्कुलमा बत्ती बाल्न लगेको तारबाट करेन्ट लाग्दा उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।