काठमाडौं । सोमबारदेखि महोत्तरीको जलेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक सुरु हुने भएको छ ।

बैठक मंसिर तीन दिन ११, १२ र १३ गतेसम्म चल्ने छ । महासचिव मुकुल ढकालले बैठकमा पार्टीका प्रदेश सभापतिहरुको पनि सहभागिता रहने जानकारी दिएका छन् ।