काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले भूकम्प प्रभावितलाई सहयोग गरेको छ । कम्पनीले जाजरकोटमा गएको भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणार्थ २५ लाख सहयोग गरेको हो । भूकम्प क्षेत्रको पुनर्निर्माण र पुनर्स्थापनामा सरकारलाई साथ दिन उक्त रकमको चेक कम्पनीका सञ्चालक समितिका अध्यक्ष लक्ष्मण पौडेल तथा प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटेर उक्त रकम बराबरको चेक हस्तान्तण गरेको कम्पनीले जानकारी दिएको छ ।