खोटाङ । बराहपोखरी गाउँपालिका–६ बस्ने बिरधन राईकी २ वर्ष ६ महिनाकी छोरी आरिमा राईको पोखरीमा डुबेर मृत्यु भएको छ । उनको साकेला गाउँपालिका–२ रतन्छास्थित माछापोखरीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको हो ।

आमासँगै उक्त ठाउँस्थित मामाघर आएकोमा खेल्ने क्रममा पोखरीमा डुबेर अशक्त भएकी उनको उद्दार गरी साकेला आधारभूत अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको जनाएको छ ।