काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले बैतडी जिल्लामा नयाँ शाखा खोलेको छ । बैंकले पाटन नगरपालिका वडा नं. ६ स्थित पाटनबजारमा आइतबारदेखि बैंकको नयाँ शाखा सञ्चालनमा ल्याएको हो । पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावलले एक समारोहबीच बैंकको पाटन शाखाको समुद्घाटन गरेका हुन् ।
नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरूको संख्या तीन सय ५१ वटा पुगेको छ । ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले तीन सय ५१ शाखा, तीन सय ६९ एटीएम, दुई सय ७४ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकहरूमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।