काठमाडौं । सेयर बजार परिसुचक सामान्य अंकले ओरालो लागेको छ । अघिल्लो दिन ११ दशमलव २७ अंकले ओरालो लागेको बजार परिसुचक साताको तेस्रो कारोबार दिन आज मंगलबार बजार परिसुचक दुई दशमलव १७ अंकले ओरालो लागेर १८ सय ९४ दशमलव ५३ बिन्दुमा झरेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८६ अंकले ओरालो लागेर तीन सय ६१ दशमलव ८५ बिन्दुमा झरेको छ ।
धितोपत्र बजारमा आज दुई सय ९० वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ४७ हजार तीन सय ३३ पटकको कारोबारमा ४७ लाख २७ हजार नौं सय दुई कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल कारोबार रकम एक अर्ब २८ करोड दुई लाख २८ हजार नौं सय ७१ रुपैंयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) आज १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स, जलबिद्युत, होटल तथा पर्यटन, उत्पादनमुलक र सामुहिक लगानी कोष सुचक उकालो लागेका छन् भने बाँणिज्य बैंक, बिकास बैंक, जीवन बीमा, निर्जीवन बीमा सहितका बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् ।