रुकुमपश्चिम । आठविसकोट नगरपालिकामा पाँच जना र सानी भेरी गाउँपालिकामा एक जनासहित रुकुमपश्चिममा त्रिपालमुनि बस्दै आएका छ जना भूकम्प प्रभावितको मृत्यु भएको छ ।
त्रिपालमुनि बस्दै आएका स्थानीय ६८ वर्षीय टिकु जैसीको मङ्सिर १० गते र खली जैसीको मङ्सिर १२ गते मृत्यु भएको आठविसकोट नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष हुकुम बहादुर पुनले जानकारी दिए ।
त्यसै गरी सोही नगरपालिका वडा नम्बर ११ मा कात्तिक ३० गते ७० वर्षीय दत्ते पुन, मङ्सिर ५ गते ८० बर्सिया पद्मी ओली र मङ्सिर ११ गते ७५ वर्षीय नौले पुन मगरको मृत्यु भएको हो । मृतक ज्येष्ठ नागरिकहरू दीर्घ रोगी रहेको समेत बताइएको छ ।