काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई सरकारले सैनिक विशेष अदालतको अध्यक्ष पदमा तोक्ने निर्णय गरेको छ । सरकारको प्रवक्ता रेखा शर्माले अदालतको कामकाजसमेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ पौडेललाई सैनिक विशेष अदालतको अध्यक्ष पदमा तोक्ने निर्णय गरिएको जानकारी दिइन् ।
सैनिक विशेष अदालतको अध्यक्ष न्यायपरिषदको सिफारिसमा सरकारले तोक्ने व्यवस्था छ । सैनिक विशेष अदालतको सदस्यमा नेपाली सेनाको प्राड विवाक प्रमुख र रक्षा मन्त्रालयका सचिव हुन्छन् । आजकै मन्त्रिपरिषद बैठकले श्वेता दवाडीलाई नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ ।