काठमाडौं । डिजिटल बैंकिङमा आक्रामक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंक लिमिटेडले नेपालमा पहिलो पटक पोस मेसिनमा इन्स्टा पेमेन्ट नोटिफिकेसन प्रविधिको शुभारम्भ गरेको छ । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छ्रे बैंक लिमिटेड नेपालमै पहिलो बैंक भएको छ । नेपालभरका फिनपोस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनिबाट पनि भुक्तानीको सूचना दिने गरी माछापुच्छ्रे बैंकले यो नवीनतम प्रविधिको सुरुवात गरेको हो ।
अब माछापुच्छ्रे बैंकका फिनपोस मर्चेन्टहरूले कार्ड, क्युआर (नेपाल–पे वा फोन–पे) र एम स्मार्ट एनएफसीमार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनिमार्फत हुने जानकारी गराउँछौँ । जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरूमाझ कार्ड कारोबारप्रति लोकप्रियता एवम् विश्वासनीयता अझ बढ्ने अपेक्षा गरिएको छ, साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ । यस सुविधाबाट माछापुच्छ्रे बैंकका हजारभन्दा बढी फिनपोस राख्ने मर्चेन्टहरू प्रत्यक्ष लाभान्वित हुने छन् । साथै, अन्य कुनै मर्चेन्टहरूलाई यो प्रविधि चाहिएको खण्डमा पुच्छ्रे बैंकको ग्राहक सेवा केन्द्रमा सम्पर्क राखी उक्त सेवा सजिलै जोड्न गर्न सक्नेछन् । यसबाहेक फरकफरक माध्यमहरूमार्फत डिजिटल भुक्तानी सुविधालाई सहज बनाउन आफ्ना ग्राहकहरूका लागि नवीन उत्पादन र सेवाहरू ल्याउन माछापुच्छ्रे बैंक सधैं तत्पर रहेको छ । बैंकले नगदरहित बैकिङलाई बढावा दिँदै पहिलो डिजिटल स्मार्ट बैंकको रूपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढिरहेको छ ।
हरेक क्षेत्र र वर्गका ग्राहकलाई सरल र सहज बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले देशका सातवटै प्रदेशमा एक सय ६५ वटा शाखा, १२ एक्सटेन्सन काउन्टर, एक सय ३० शाखारहित बैंकिङ सेवा, दुई सय तीनवटा एटीएममार्फत १५ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।