काठमाडौँ । बुधबार महोत्तरीको जलेश्वरमा बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १४ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ ।
रास्वपाका सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका हुन् । प्रतिनिधिसभाका १५ सदस्यलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरिएको पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले जानकारी दिए ।
रास्वपाका केन्द्रीय सदस्यमा मनोनीत हुनेहरूको नाम यसप्रकार छः( संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सचेतक निशा डाँगी, प्रमुख सचेतक सन्तोष परियार, डा. स्वर्णिम वाग्ले, डा तोसिमा कार्की, सांसद मनिष झा, शिशिर खनाल, हरि ढकाल, डा. चन्दा कार्की (भण्डारी), असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, शिव नेपाली र विनीता कठायत रहेका छन् ।