काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शंखमुलबाट एक हजार दरको नोट पाँच थान र पाँच सय दरको नोट एक थान गरी ६ थान नक्कली नोटसहित काठमाडौं शंखमुल बस्ने एक युवा पक्राउ परेका छन् । प्रहरीका अनुसार नक्कली जस्तो देखिने ६ थान नोटसहित धादिङ गजुरी गाउँपालिकाका २३ वर्षीय सन्तोष चेपाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
उक्त ठाउँस्थित खाजा घरमा नक्कली जस्तो देखिने नोट बोकेको मानिस रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले चेपाङलाई तलासी गर्दा उनको साथबाट उक्त नोट फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।