काठमाडौं, जेठ ५
सिटी एक्सप्रेस फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २३ लाख १५ हजार रूपैयाँले खुुद नोक्सानी बेहोरेको छ । गत आवको सोही अवधिमा फाइनान्सको यस्तो नाफा ९४ लाख ९५ हजार रूपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ४० करोड रूपैयाँ रहेको फाइनान्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १० करोड ४१ लाख १३ हजार रूपैयाँ निक्षेप संकलन गरी १३ करोड २७ लाख ३४ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा एक करोड ६७ लाख ५५ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा शून्य प्रतिशत कर्जा निष्क्रिय रहेको छ । गत आवको सोही अवधिमा भने फाइनान्सले १३ करोड ९३ लाख ८२ हजार रूपैयाँ निक्षेप संकलन गरी १८ करोड ८२ लाख ५६ हजार रूपैयाँ कर्जा प्र्रवाह गरेको थियो । उक्त अवधिमा ९६ लाख ९७ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको फाइनान्समा एक दशमलव ९५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।