काठमाडौं । अपर तामाकोसी जलविद्युत पिडित संघर्स समितिले एमसीसी मुर्दावाद, सबस्टेसन स्थानान्तरण गर, आदिबासिको जग्गा अतिक्रमण गर्न पाइदैन लगायतका माग राख्दै नाराबाजी गरिरहेको छ । पिडित संघर्स समितिले शंखरापुर नगरपालिका–३ बोझेनीस्थित १९२ रोपनीमा निर्माणाधिन अपर तामाकोसी विद्युत प्रसारण लाईन(सव स्टेसन) र एमसीसीविरुद्ध हिजो दिउँसोदेखि नाराबाजी थालेको हो ।
समितिका संयोजक रन्जित तमाङ्गको नेतृत्वमा स्थानीय तुलाराम तामाङलगायत करिब २५ जनाको संख्यामा विभिन्न मागसहितका ब्यानर, प्ले कार्ड लिएर गरेको विरोधको नाराबाजीलाई निरन्तरता दिने जनाइएको छ ।
उनीहरुले एमसीसी मुर्दावाद, एमसीसी चाहिदैँन, गो ब्याक अमेरिका, नालायक गृहमन्त्री राजिनामा दे, गृहमन्त्री मुर्दाबाद, नालायक कुलमान घिसिङ मुर्दाबाद, हाम्रो भुमी फिर्ता गर, प्रहरी दमन मुर्दाबाद, माफियाहरु होसियार, महिला अधिकार हनन गर्न पाइदैन, आदिबासिको जग्गा अतिक्रमण गर्न पाइदैन, सबस्टेसन स्थानान्तरण गर, एमसीसी धोका हो, मानव अधिकारको ग्यारेन्टी गर, राज्य आतङ्क बन्द गरलगायत विरोधका नाराबाजी गरिरहेका छन् ।