पर्सा । ठोरी गाउँपालिका वडा नम्बर ३ र ४ स्थित १० कट्ठा खेतमा अवैध रूपमा लगाएको करिब आठ हजार गाँजाको बोट बुधबार नष्ट गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उक्त खेतमा अवैध रूपमा लगाएको गाँजाका बोटहरू फडानी गरी नष्ट गरेको हो ।

प्रहरीले गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।