जुम्ला । एक वृद्ध भिरमा मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार जुम्लास्थित हिमा गाउँपालिका–१ बड्की बस्ने ७३ वर्षीय मिम बहादुर शाही सोही ठाउँस्थित भिरमा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

घर नजिकैको वनमा गाई चराउन गएका उनी साँझसम्म घर नफर्किए पछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।