काठमाडौं । काण्डै काण्डमा मुछिएका वायुसेवा निगमका पूर्वईन्जिनियर अच्युतराज पहाडीलाई सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पहाडीलाई प्राधिकरणको सदस्य नियुक्त गरेको हो ।
यसअघि पहाडी सुन तस्करी, एयरपोर्टमा नक्कली कर्मचारी भर्नालगायत विभिन्न काण्डमा पक्राउ पर्दै छुट्दै आएका व्यक्ति हुन् । प्राधिकरणको सञ्चालक समिति सदस्य त्रिरत्न मानन्धरले दिएको राजीनामा स्वीकृति गरी पहाडीलाई नियुक्त गरिएको हो ।
वायुसेवा निगमको इन्जिनियरिङ विभागका निर्देशक भइसकेका पहाडीसँग वायुसेवा निगममा एयरक्राफ्ट मेन्टेनेन्स इन्जिनियरको रुपमा ३७ वर्ष काम गरेको अनुभव छ । यसअघि पहाडी वायुसेवा निगमको सञ्चालक समिति सदस्यसमेत थिए ।